प्रधानमन्त्री कप आजबाट: पहिलो दिन नै चार खेल, टी २० फर्म्याटमा खेल हुने
pahilopost.com · Mon Jan 10 01:10:19 GMT 2022
काठमाडौं: आजबाट प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ। टी २० विश्वकप छनोट नजिकिँदै गर्दा नेपाल क्रिकेट संघ क्यानले टी २० फर्म्याटमा प्रधानमन्त्री कप आयोजना गर्न लागेको हो।
सोमवारबाट सुरु हुने प्रतियोगिताको फाइनल खेल अर्को साता बुधवार सम्पन्न हुनेछ। प्रतियोगिताको उद्घाटन आज बिहान साढे ८ बजे कीर्तपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न हुनेछ। प्रतियोगिता अन्तर्गतका खेलहरु कीर्तिपुरस्थित टीयू क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सम्पन्न हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)