बैतडीमा ‘मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३’ स्वीकृत
gorkhapatraonline.com · Sun Jun 14 07:41:34 GMT 2026

मनसुनका कारण उत्पन्न हुन सक्ने सम्भावित विपद् तथा त्यसबाट हुने क्षति न्यूनीकरणलाई लक्षित गर्दै बैतडीमा ‘मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३’ स्वीकृत गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले समितिद्वारा तयार पारिएको उक्त योजना अनुमोदन गरेको हो । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराईका अनुसार योजनामा विपद् आउनुअघि अपनाउनुपर्ने पूर्वतयारी, विपद्को समयमा सञ्चालन गरिने प्रतिकार्य तथा विपद्पश्चात् गरिने उद्धार, राहत र पुनःस्थापना सम्बन्धी कार्यलाई समेटिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)