हिलिहाङमा तीन सय ९६ भूमिहीनको निवेदन
lokpath.com · Fri Apr 02 16:55:11 GMT 2021
पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिकाका तीन सय ९६ परिवारले भूमिहीन तथा अव्यवस्थित बसोबास गरिरहेको भनी निवेदन दिएका छन् ।
नमुना स्थानीय तहका रुपमा भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्य भइरहेको हिलिहाङमा अव्यवस्थित बसोबास गरिरहेकाको बढी निवेदन परेको छ । यहाँ सबैभन्दा बढी अव्यवस्थित बसोबास गरिरहेका ३६१ परिवारले निवेदन दिएका छन् । यस्तै भूमिहीन दलित पाँच परिवार तथा भूमिहीन सुकुम्बासी ३० परिवारले निवेदन दिएका छन् । प्राप्त निवेदनहरु सङ्कलन गरी वडा कार्यालयहरुबाट रुजु गर्ने तथा प्रमाणीकरण गर्ने कार्य भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रम लिम्बूले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)