मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेको संविधान पुनरावलोकन कार्यदलको बैठक बस्दै

nepalpress.com · Sun Jun 14 07:43:39 GMT 2026

काठमाडौं । एमालेको संविधान पुनरावलोकन तथा सुझाव कार्यदलको बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने भएको छ।

प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार संविधान पुनरावलोकका निम्ति एमालेका शर्त र मान्यताबारे उक्त बैठकमा छलफल हुनेछ ।

कार्यदलका संयोजक पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सदस्यमा रघुजी पन्त, छविलाल विश्वकर्मा, पद्मा अर्याल, जुलीकुमारी महतो, अग्निप्रसाद खरेल, रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टीकाराम भट्टराई, पासाङ शेर्पा, अमर थापा र डा‍. राजेन्द्र घिमिरे छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय