चाडपर्वको मौलिकता जोगाउनु पर्छ : प्रदेश प्रमुख गुुरुङ
hamrakura.com · Mon Aug 29 00:00:00 GMT 2022
पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चाडपर्वको मौलिकता जोगाउनु आजको आवश्यकता भएको बताएका छन् । हरितालिका तीजको पावन अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले चाडपर्व हाम्रा संस्कृति र पहिचान भएको उल्लेख गरे ।
“मौलिक संस्कृतिको प्रवर्द्धन गदै संस्कारयुक्त सामाजिक वातावरण तयार गर्न यस्ता चाडपर्वको मौलिकता जोगाउनु अहिलेको आवश्यकता हो”, शुभकामना सन्देशमा भनिएको छ । हरितालिका तीजलाई नेपाली महिलाले एक सनातन सांस्कृतिक पर्वको रुपमा मनाउँदै आएको सन्देशमा उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)