शुक्रबारसम्मै वर्षा, नयाँ मौसम प्रणाली भित्रिने भएकाले त्यसपछि पनि वर्षाको सम्भावना
hamrakura.com · Thu Mar 21 00:00:00 GMT 2024
काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारको तुलनामा बिहीबार कम वर्षा हुनेछ । मौसमविद् सञ्जीव अधिकारीले बिहीबार कोशी र मधेस प्रदेशमा हुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)