माछापुच्छ्रे बैंकले सिरहामा शाखा कार्यालय संचालनमा, अध्यक्ष महतोले गरे उद्घाटन
reportersnepal.com · Wed Jun 30 17:24:54 GMT 2021
काठमाडौं, १६ असार । माछापुच्छ्रे बैंकले प्रदेश नंं २ को सिरहामा शाखा कार्यालय संचालनमा ल्याएको छ । सिरहा सदरमुकाम सिरहा बजारमा सञ्चालनमा ल्याइएको उक्त शाखा कार्यालयको बैंकका अध्यक्ष डा. वीरेन्द्र प्रसाद महतो, बैंकका सिईओ सन्तोष कोइराला एंव सिरहा नगरपालिकाका नगर प्रमुख अशेश्वर यादवले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
सिरहा जिल्लाको सदरमुकाम सिरहा बजारमा खोलिएको नयाँ शाखासँगै सिरहामा मात्रै बैंकको ६ वटा शाखा सञ्चालनमा रहेको बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)