मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रोक्का गरिएको अफगान सम्पत्ति फुकुवा गर्न अमेरिकी कंग्रेसलाई तालिबानको आग्रह

baahrakhari.com · Thu Nov 18 00:56:00 GMT 2021

अलजजिरा । तालिबानले अमेरिकी कंग्रेसलाई अफगानिस्तानको फ्रोजन एसेट्स (रोक्का गरिएको सम्पत्ति)फुकुवा गर्न आग्रह गरेको छ । गत अगस्टमा तालिबानले अफगान सत्ता हातमा लिएपछि रोक्का भएको सम्पत्ति फुकुवा गर्न अमेरिकी कंग्रेसका सदस्यहरूलाई तालिबानले आग्रह गरेको हो ।

तालिबानका विदेशमन्त्री अमिर खान मुत्तक्कीले बुधबार एउटा खुला पत्र लेख्दै अफगानिस्तानले सबैभन्दा ठूलो वित्तीय असुरक्षाको सामना गरिरहेको बताए । अमेरिकी सरकारद्वारा अफगानी जनताको सम्पत्ति रोक्का गरिनुमा यसको जरा गाढिएको उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)