निर्वाचनको मुखमा लाइसेन्स वितरण रोक्न आयोगमा उजुरी
ekantipur.com · Sat Oct 15 01:03:09 GMT 2022
काठमाडौँ — आम निर्वाचनको आचारसंहितासमेत लागू भइसकेका बेला सरकारले विभिन्न व्यवसायमा वितरण गर्न लागेको नयाँ लाइसेन्सको प्रक्रिया रोक्न भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपालले निर्वाचन आयोगमा उजुरी दिएको छ । मञ्चले उक्त कार्य निर्वाचन आचारसंहिताविपरीत भएकाले निर्वाचन भई अर्को सरकार गठन नभएसम्म उल्लिखित कुनै काम निर्णय नगर्नू/नगराउनू, गर्न नलगाउनू भनी सम्बन्धित निकायलाई आदेश जारी गर्न आयोगसमक्ष माग गरेको छ ।
सरकारका निर्वाचन आचारसंहिताविपरीत कार्य रोक्न आवश्यक आदेश जारी गर्न माग गर्दै शुक्रबार आयोगमा उजुरी दर्ता गरिएको उपभोक्ता हित संरक्षण मञ्ज नेपालका अध्यक्ष ज्योति बानियाँले जनाए । अर्थतन्त्रलाई दूरगामी प्रभाव पार्ने निर्णय गर्न नहुने आचारसंहिता छ । तर यसविपरीत धितोपत्र बजार, धितोपत्र ब्रोकर, बिमा कम्पनी, वस्तु बजारलगायत क्षेत्रमा लाइसेन्स वितरण गर्न लागिएकामा आफूहरूको गम्भीर ध्यानाकर्षित भएको उनले बताए । प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माबाट निर्वाचनअघि केही व्यापारिक घरानाको स्वार्थमा परी अन्यायिक फाइदाका सिद्धान्तका आधारमा अनुचित रूपमा यी नीतिगत निर्णय गर्न लागेकाले आफूहरूले उक्त विषयमा बहस पैरवी र सचेतसमेत गर्दै आएको पनि उनको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)