मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राप्रपासँग चुनावी तालमेलको तयारीमा एमाले

nayapatrikadaily.com · Wed Aug 31 00:10:00 GMT 2022

पाँचदलीय गठबन्धनका कारण प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा दबाब महसुस गरेको एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग तालमेल गर्ने लगभग निश्चित भएको छ । सत्ता गठबन्धनको सामना गर्न एमाले र राप्रपा निश्चित ठाउँमा तालमेल गर्न तयार भएका हुन् ।

‘अघिल्ला चुनावको अंकगणित, घटनाक्रमले पनि सहकार्यको सम्भावना देखाएको छ,’ रापप्रा अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘एमाले अध्यक्ष केपी ओलीज्यूसँग हाम्रो कुराकानी भइरहेको छ । सायद निश्चित ठाउँहरूमा तालमेल हुन्छ होला । हाम्रो पार्टीको लाइन पनि त्यस्तै छ । उहाँलाई हामीहरूको सहयोग आवश्यक रहेको, हामीलाई उहाँहरूको सहयोग आवश्यक रहेको क्षेत्रमा तालमेल हुन सक्छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)