मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मंसिर मसान्तसम्म थपियो चार वस्तुको आयात प्रतिबन्ध

nayapatrikadaily.com · Sat Oct 15 00:34:00 GMT 2022

सरकारले चार प्रकारका वस्तुको आयातमा लगाएको प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको हो ।

सबै प्रकारका मदिरा, तीन सय अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्ट फोन, जिप, कार, भ्यान र एक सय ५० सिसी क्षमताभन्दा माथिका मोटरसाइकलको आयात प्रतिबन्ध मंसिर मसान्तसम्म लम्बिएको छ । सरकारले देशभित्र मदिरा उत्पादनका लागि ल्याइने कच्चा पदार्थमा भने प्रतिबन्ध लगाएको छैन । यस्तै, एम्बुलेन्स र शववाहन गाडी आयातमा पनि प्रतिबन्ध लगाइएको छैन । गाडी व्यवसायीले गाडी आयात खुलाउन लबिङ गर्दै आइरहे पनि सरकारले प्रतिबन्धलाई निरन्तरता दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)