मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकपमा अस्ट्रेलियाको दमदार सुरुआत, स्कटल्यान्डको २८ वर्षपछि ऐतिहासिक जित

barnanmedia.com · Sun Jun 14 07:38:46 GMT 2026

FIFA World Cup 2026 मा Australia ले विजयी सुरुआत गरेको छ। समूह ‘डी’ अन्तर्गत क्यानडाको Vancouver मा सम्पन्न खेलमा अस्ट्रेलियाले Turkey लाई २–० ले पराजित गर्दै महत्वपूर्ण तीन अंक बटुलेको हो।

अस्ट्रेलियाका Nestory Irankunda ले २७औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने Connor Metcalfe ले ७५औँ मिनेटमा अर्को गोल थप्दै जित पक्का गरे।

यता समूह ‘सी’ मा Scotland ले पनि सुखद सुरुआत गरेको छ। Boston मा भएको खेलमा स्कटल्यान्डले Haiti लाई १–० ले हरायो। John McGinn ले २८औँ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बन्यो। २८ वर्षपछि विश्वकपमा फर्किएको स्कटल्यान्डले जितसँगै ऐतिहासिक सुरुआत गरेको छ।

यसैबीच, Brazil र Morocco बीचको खेल १–१ को बराबरीमा सकियो। मोरक्कोका Ismael Saibari ले अग्रता दिलाए पनि Vinícius Júnior ले गोल फर्काउँदै ब्राजिललाई हारबाट जोगाए।

अर्कोतर्फ, Qatar र Switzerland ले पनि १–१ को बराबरी खेले। इन्जुरी समयमा Boualem Khoukhi ले गोल गर्दै कतारलाई विश्वकप इतिहासकै पहिलो अंक दिलाए।

अब आज राति नेपाली समयअनुसार पौने ११ बजे Germany र Curaçao बीच प्रतिस्पर्धा हुँदैछ, जसलाई विश्व फुटबल समर्थकहरूले चासोका साथ हेर्ने अपेक्षा गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)