दुई विद्यालयका सञ्चालक कारबाहीमा
news24nepal.tv · Mon Aug 09 16:34:05 GMT 2021
बागमती । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना महामारीका कारण जारी निषेधाज्ञा उल्लङ्घन गरी विद्यालय सञ्चालन गर्ने मकवानपुरको हेटौँडाका दुई विद्यालय सञ्चालकलाई आज जरिवाना गरी कारबाही गरेको छ ।
कारवाही पर्नेमा हेटौँडा उपमहानगरपालिका–७ नागसोतीस्थित तासिर इग्लिस सेकेन्डरी विद्यालयका सञ्चालक ३६ वर्षीय अमृतप्रसाद ढकाल र हेटौँडा उपमहानगरपालिका–५ स्थित ज्ञानोदय बालवाटीका विद्यालयका सञ्चालक मनहरि गाउँपालिका–५ बस्ने श्यामकुमार बानियाँलाई कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)