ह्यात प्लेस होटल र क्यासिनो मारिनाबीच सम्झौता
lokaantar.com · Tue May 10 17:31:03 GMT 2022
सिटी होटल लिमिटेड (गोल्यान ग्रुप अन्तर्गतको कम्पनी) ले ह्यात प्लेस होटल, काठमाडौंमा क्यासिनो सञ्चालनका लागि एक सम्झौता गरेको छ । सोल्टीमोडमा रहेको ह्यात प्लेस होटलमा क्यासिनो सञ्चालनका लागि र्याङ्क इन्टरटेनमेन्ट होल्डिङ्स प्रालिसँग यो सम्झौता भएको हो । ह्यात प्लेस होटल युनेस्कोको विश्व सम्पदा स्थल, स्वयम्भूनाथ स्तुपा र सहरको केन्द्रबाट ४ किलोमिटर टाढा काठमाडौंको उत्कृष्ट र आधुनिक होटलहरू मध्ये एक हो।
अनौपचारिक वातावरणमा जटिल अनुभवहरू खोज्ने बहु–टास्किङ यात्रीहरूका लागि डिजाइन गरिएको, होटलले काठमाडौं उपत्यकाको वरपरको संस्कृति र आधुनिकताको सङ्केतका साथ अद्भूत दृश्यहरू प्रस्तुत गर्छ । होटलमा सुत्न, काम गर्न, खेल्नका लागि छुट्टै ठाउँसहित १५३ कोठाहरू छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)