साउदीका नेपाली श्रमिकलाई अकामा नवीकरणकै पिर
rajdhanidaily.com · Wed Jan 24 23:08:52 GMT 2024
काठमाडौं । साउदी अरबका धेरै कम्पनीले अकामा नवीकरण नगरिदिँदा धेरै नेपाली श्रमिक गैरकानुनी रूपमा काम गर्न बाध्य बनेका छन् । साउदीको अलअस्रा कम्पनीले अकामा नवीकरण नगरिदिएर समस्या परेका दुई नेपाली चेलीको भने उद्धार गरिएको छ ।
कम्पनीले अकामा नवीकरण नगरी काम मात्र लगाउने र समयमा तलब नदिई अलपत्र परेका हेटौंडाकी अस्मिता तामाङ र गोरखाकी कविता गुरुङलाई उद्धार गरी नेपाल फर्काइएको हो । कम्पनीले काम लगाए पनि समयमा तलब नदिँदा खानाको समेत समस्या भएपछि उनीहरूलाई रियादस्थित नेपाली दूतावासको सहकार्यमा उद्धार गरिएको सामाजिक अभियन्ता जेरी ताम्राकारले जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)