कोशीका मुख्यमन्त्री भारी मतसहित अनुमोदित
rajdhanidaily.com · Wed Oct 18 22:57:06 GMT 2023
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । बुधबारको प्रदेशसभा बैठकमा सभाको अध्यक्षता गरेकी उपसभामुख सिर्जना दनुवारले कार्कीका पक्षमा विश्वासको मत प्राप्त भएको घोषणा गरेकी हुन् ।
मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि बैठकमा प्रस्ताव पेस गरेका थिए । प्रस्तावमा मतदान हुँदा पक्षमा ८६ मत र विपक्षमा ५ मत परेको थियो । बैठकमा ९१ सदस्य उपस्थित थिए । राप्रपाका १ सांसद अनुपस्थित रहे । प्रदेशसभा ९३ सदस्यीय छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)