घोप्टेभिरको भित्ता काटिएसँगै यातायात सुचारु
gorkhapatraonline.com · Thu Apr 09 02:38:07 GMT 2026

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–कुरिनटार केबुलकार क्षेत्रमा पर्ने चितवनको घोप्टेभिरको भित्ता काट्ने काम सकिएसँगै यातायात सञ्चालन सुचारु भएको छ ।
नागढुङ्गा–मलेखु सडक स्तरोन्नतिका लागि छ दिन सडक बन्द गराएर भित्ता काट्ने काम गरिएको थियो । नागढुङ्गा–मलेखु सडक आयोजना अन्तर्गत पश्चिम खण्ड मुग्लिङ–मलेखु सडकका प्रमुख सजना अधिकारीले रातको समयमा आवागमन बन्द गराएर गरिएको भित्ता काट्ने काम सकिएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)