मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने

ratopati.com · Sun Jun 14 07:51:43 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले असुल गर्ने बहाल र व्यवसाय करलाई वैज्ञानिक, न्यायोचित र करदातामैत्री बनाउन प्रयोजन र स्थान विशेष क्षेत्रका आधारमा करका दर निर्धारण गर्ने प्रबन्ध मिलाउने भएको छ । आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा यो उल्लेख गरेको हो ।

‘करको दायरामा नआएका करदाताको पहिचान गरी कर तिर्न उत्प्रेरित गर्ने, उपयुक्त छुट सुविधा प्रदान गर्ने, करदातालाई राजश्व सेवा सम्बन्धी सूचना, जानकारी तथा महानगरको सन्देश एसएमएस मार्फत सम्प्रेषण गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘महालेखा नियन्त्रक कार्यालयबाट तयार गरिएको स्थानीय तहको राजस्व व्यवस्थापन प्रणाली (सूत्र) लागू गर्न आवश्यक प्रबन्ध मिलाइनेछ । एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गरिनेछ । बहालमा लिए दिएका घरजग्गा र अन्य संरचना र सम्पत्तिहरूको अनिवार्य दर्ता गर्ने व्यवस्था गरिनेछ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)