शक्तिशाली अध्यक्ष, कमजोर प्रदर्शन
ekantipur.com · Sun May 29 00:30:34 GMT 2022
काठमाडौँ — पार्टीभित्रका असन्तुष्ट मत ‘दबाएर’ चितवन महाधिवेशनबाट दोस्रोपटक एमालेको शक्तिशाली अध्यक्ष बनेका केपी शर्मा ओलीको कार्यकालको पहिलो ६ महिना निराशाजनक देखिएको छ । मंसिर दोस्रो साता सौराहामा भएको दसौं महाधिवेशनमार्फत अध्यक्ष चुनिएका ओलीले चुनावमार्फत सत्ता–राजनीतिमा फर्कने चाहना राखे पनि उनका रणनीतिहरूमा एकपछि अर्को धक्का लागेको छ ।
तत्कालीन वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहितले पार्टी विभाजन गरी एकीकृत समाजवादी बनाएपछि एमालेमा ओली थप शक्तिशाली भएका थिए । सांगठनिक र हैसियत दुवै तरिकाले आफूलाई टक्कर दिने नेता नहुँदा ओलीको एकल वर्चस्व थियो । यतिसम्म कि ओलीकै निर्णय एमालेको निर्णय हुँदै आएको छ । पार्टीभित्र उनलाई चुनौती दिने र उनको प्रस्तावलाई अस्वीकार गर्ने कोही नेता छैनन् । उनलाई चुनौती दिने नेताहरू भीम रावलदेखि घनश्याम भुसालसम्म अहिले भूमिकाविहीन छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)