रोहितको कप्तानीमा भारतले रच्यो इतिहास
hamrakura.com · Fri Feb 11 00:00:00 GMT 2022
काठमाडौं । रोहित शर्माको कप्तानीमा भारतले इतिहास रचेको छ । भारतले ३९ सालपछि पहिलो पटक वेष्ट इन्डिजविरुद्ध एक दिवसीय क्रिकेटमा क्लिन स्विप गरेको छ । भारतले तीन खेलको श्रृंखला ३–० ले जितेको हो । भारतले वेष्ट इन्डिजविरुद्ध पहिलो पटक क्लिन स्विप गरेको हो ।
भारत र वेष्ट इन्डिजबीच पहिलो पटक एक दिवसीय श्रृंखला सन् १९८३ मा भएको थियो । त्यो बेलादेखि भारतले अहिलेसम्म वेष्ट इन्डिजविरुद्ध क्लिन स्विप गर्न सकेको थिएन । तर रोहित शर्माको कप्तानीमा भारतले क्लिन स्विप गरेको हो । जबकि वेष्ट इन्डिजले यसअघि भारतविरुद्ध तीन पटक क्लिन स्विप गरिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)