जाल्पा सामुदायिकको आईपीओमा एकैदिन १५ गुणा आवेदन
rajdhanidaily.com · Sat Feb 05 01:08:18 GMT 2022
काठमाडौं । जाल्पा लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ)मा पहिलो दिनमै १५ गुणाभन्दा बढी आवेदन परेको छ । सो आईपीओमा एक मिनेटमा करिव तीन हजारले आवेदन दिएको पाइएको छ । सीडीएस एन्ड क्लिएरिङ लिमिटेड (सडीएसी)का अनुसार शुक्रबारदेखि आवेदन खुला भएको यो आईपीओमा आधा घण्टामा ८० हजारसम्मले आवेदन दिएका छन् ।
शुक्रबार सीडीएसीले तयार पारेको मेरो सेयरको सिस्टम नखुलेर कतिपयले आईपीओमा आवेदन दिन पाएनन् । विशेष गरी गाउँमा डाटा लिएर आईपीओ भनेहरूलाई मार परेको छ । डाटा प्रयोग गरी आईपीओ भर्दै आएका काभ्रेका केशव सत्यालले आईपीओ भर्न समस्या पेरेको जानकारी दिए । उनले सधंै मोबाइबाट डाटा लिएर आईपीओ भर्दैै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)