सिटिजन्स क्यापिटलले लाभांश पारित गर्यो
aarthiknews.com · Fri Oct 06 15:29:00 GMT 2023
काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड (साविकको सि.बि.आई.एल. क्यापिटल लिमिटेड) ले सत्रौं वार्षिक साधारण सभा झम्सिखेल, ललितपुर स्थित द लअनमा सम्पन्न गरेको छ । संस्थाको सत्रौं साधारण सभाले आ.व. २०७९/८० को मुनाफाबाट १२ प्रतिशशत नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको छ ।
वार्षिक साधारण सभामा छलफलका लागि प्रस्तुत गरिएका साधारण प्रस्तावहरुमा आ.व. २०७९÷८० को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ । साथै, आ.व. २०८०/८१ को लागि लेखापरीक्षण कार्य गर्नका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण र संस्थाको नियमावली अनुसार गरिएको स्वतन्त्र संचालकहरुको नियुक्ति अनुमोदन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)