मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशीमा सभामुखलाई जोडेर बहुमत देखाउँदै गठबन्धन

ekantipur.com · Thu Jul 06 00:49:19 GMT 2023

मोरङ — कोशी प्रदेशमा गठबन्धन दलले सभामुखलाई समेत जोडेर नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेका छन् । विश्वासको मत नपाएर हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुख खापुङले सरकार गठनका लागि दाबी पेस गर्न दिएको समयसीमा बिहीबार साँझ ५ बजे सकिँदै छ ।

माओवादीका प्रदेश सांसद दुर्गाप्रसाद चापागाईंले ४७ प्रदेश सांसदको समर्थन जुटाएर बिहीबार सरकार गठनका लागि दाबी गर्ने तयारीमा रहेको बताए । सभामुखसहित ४७ प्रदेश सांसदको समर्थनमा सरकार दाबी पेस गर्ने, त्यसपछि विश्वासको मतका लागि थप प्रदेश सांसदको समर्थन जुटाउन प्रयास जारी राख्ने गठबन्धन दलको नीति रहेको उनले सुनाए । गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरिसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)