मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

मार्क जुकरबर्गले एआई रूपान्तरणमा गल्ती भएको स्वीकार्दै भने- कर्मचारी कटौती हुँदैन

onlinekhabar.com · Sun Jun 14 07:53:57 GMT 2026

३१ जेठ, काठमाडौं । मेटाका सीईओ मार्क जुकरबर्गले आफ्नो कम्पनीको कार्यदललाई एआईमा रूपान्तरण गर्ने क्रममा गल्तीहरू भएको स्वीकार गरेका छन्। रोयटर्सले फेला पारेको कम्पनीको एउटा आन्तरिक मेमोमा जुकरबर्गले आफ्ना कर्मचारीहरूलाई सम्बोधन गर्दै यस्तो कुरा उल्लेख गरेका हुन्।

जुकरबर्गले मेटाको आन्तरिक कार्यप्रणालीलाई एआई प्रविधि अनुकूल बनाउन अर्बौँ डलर लगानी गरिरहेका छन्। एआई प्रविधिमा आएको तीव्र विकास र यसका कारण सिर्जित चुनौतीहरूको चर्चा गर्दै उनले मेमोमा लेखेका छन्, ‘यी परिवर्तनहरूको जटिलताका कारण हामीबाट गल्तीहरू भएका छन् र भविष्यमा पनि पक्कै थप गल्तीहरू हुनेछन्।’

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय