काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
barnanmedia.com · Sun Jun 14 07:53:52 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ७ क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने भएको छ । महानगरपालिकाले फोहर निःशुल्क, सशुल्क, न्यूनीकरण, सृजनात्मक पुनः चक्रीय प्रयोग आधारित ‘सर्कुलर इकोनोमी’ लाई प्रवर्द्धन हुने गरी महानगर क्षेत्रलाई ७ क्लस्टरमा विभाजन गरी प्रविधिको प्रयोगमार्फत फोहर मैलाको उचित व्यवस्थापन गर्ने भएको हो ।
महानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा उक्त कार्यक्रम उल्लेख गरेको हो । ‘स्थानान्तरण केन्द्रबाट निष्कासित न्यून फोहरलाई बन्चरे डाँडा ल्याण्डफिल साइटमा मेकानाइज्ड मेटेरियल रिकभरी फ्यासिलिटी सञ्चालन गरी फोहरको वैज्ञानिक व्यवस्थापन गरिनेछ, काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक तथा खाली स्थानहरूलाई बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री पार्कका रूपमा विकास तथा विस्तार गर्दै लगिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘फोहरमैला व्यवस्थापन सेवा शुल्कलाई प्रदूषकले तिर्ने सिद्धान्त अनुरूप एकद्धार प्रणाली मार्फत शुल्क सङ्कलन गर्ने व्यवस्था मिलाइनेछ । बन्चरे डाँडा ल्यान्डफिल साइटमा फोहरमैला विसर्जन गर्ने प्रत्येक स्थानीय तहबाट फोहरको परिमाण र प्रकृतिको आधारमा वित्तीय साझेदारी गर्न पहल गरिनेछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)