मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धवलशमशेर बन्दै छन् नयाँ पार्टीको अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता

shilapatra.com · Sun Jun 14 07:59:50 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेर नयाँ पार्टी बनाउन लागेका धवलशमशेर राणा समूहले मेडिकल व्यवसायी तथा अभियान्ता दुर्गा प्रसाईसँग मिलेर नयाँ पार्टी घोषणा गर्ने तयारी गरेका छन् ।

उक्त पार्टीको अध्यक्ष धवलशमशेर राणा बन्ने भएका छन् । प्रसाईं भने सर्वमान्य नेता हुने भएका छन् । उक्त पार्टीले पूर्णआकार भने आउने साता लिनेछ ।

राणानिकटहरूको भनाइमा अध्यक्षमा राणा र सर्वमान्य नेता चयन गर्न आन्तरिक सहमति भइसकेको छ । त्यही सहमतिअनुसार उनीहरूले पार्टीको संरचना बनाउने तयारी गरेका छन् ।

राणा र प्रसाईंको आन्तरिक सहमतिपछि पार्टी निर्माणमा लागि दुईवटा समिति गठन गरिएका छन् । पार्टीको विधान, नाम र चिह्नलगायतका लागि एउटा कार्यदल बनेको छ । उक्त कार्यदलको नेतृत्व मुकुन्दश्याम गिरीले गरेका छन् । समितिमा ११ जना छन् ।

त्यसैगरी, असन्तुष्ट र सम्भावित व्यक्तिहरूलाई पार्टीमा भित्र्याउन राजु आचार्यको नेतृत्वमा ५ सदस्यीय वार्ता टोली बनेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ३१, २०८३

१३:४४

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)