मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएल क्रिकेटमा गुजरातले पञ्जाबलाई ६ विकेटले हरायो

Ujyaaloonline.com · Fri Apr 14 00:38:11 GMT 2023

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले पञ्जाब किङ्ग्सलाई ६ विकेटले हराएको छ । गएराति भएको खेलमा जितका लागि १ सय ५४ रनको लक्ष्य पछ्याएको गुजरातले १९ ओभर ५ बलमा ४ विकेट गुमाउँदै भेट्टायो ।

गुजरातका शुभमन गिलले सर्वाधिक ६७ रन बनाए । ऋद्धिमान शाह ३० रनमा आउट भए । पञ्जाबका साम करन, अर्शदीपसिंह, हरप्रित ब्रार र कागिसो रबाडाले समान एक/एक विकेट लिए । त्यसअघि मोहालीमा टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५३ रन बनाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)