जसपा नेपालको दलको नेतामा पूर्व मुख्यमन्त्री यादव चयन
deshsanchar.com · Thu May 21 10:16:09 GMT 2026

जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेस प्रदेशको संसदीय दलको नेतामा पूर्व मुख्यमन्त्री सरोजकुमार यादव चयन भएका छन्।
बिहीबार उनी सर्वसम्मत रूपमा दलको नेतामा चयन भएका हुन्। जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबीच एकता भए पनि प्रदेशमा एकता नभएका कारण दुवै दलको छुट्टाछुट्टै संसदीय दलको कार्यालय थियो । तर प्रदेश स्तरमा समेत दुवै दलबीच एकताको टुङ्गो लागिसकेपछि दलको नेतामा यादवलाई चयन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)