मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मावि शिक्षकको प्रारम्भिक परीक्षा : पाँच प्रदेशमा चार विषयका सबै अनुत्तीर्ण

nayapatrikadaily.com · Thu May 05 00:17:00 GMT 2022

शिक्षा सेवा आयोगले स्थायी शिक्षकका लागि सञ्चालन गरेको माध्यमिक तहको प्रारम्भिक परीक्षामा पाँच प्रदेशमा चार विषयका सबै परीक्षार्थी अनुत्तीर्ण भएका छन् । मधेसमा स्वास्थ्य शिक्षा, बागमतीमा व्याकरण, सुदूरपश्चिम र प्रदेश १ मा संस्कृत भाषा तथा लुम्बिनीमा संस्कृत साहित्यमा प्रारम्भिक परीक्षामै नतिजा शून्य आएको हो ।

आयोगले मधेसमा स्वास्थ्य शिक्षा र बागमतीमा व्याकरणमा एक–एकजना माग गरेको थियो । त्यस्तै, संस्कृत भाषाका लागि सुदूरपश्चिममा एक र प्रदेश १ मा दुई शिक्षक मागेको थियो । लुम्बिनीमा संस्कृत साहित्यमा पनि एकजना मात्रै मागेको थियो । आवेदन पनि थोरै परेका यी सबैमा प्रारम्भिक नतिजा शून्य रहेको आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बताए । प्रारम्भिक परीक्षामै कोही उत्तीर्ण नभएपछि विषयगत परीक्षामा उम्मेदवारको संख्या शून्य हुने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)