एनआईसी एशिया लघुवित्तको आठौँ वार्षिक साधारणसभा सम्पन्न, लक्ष्मण चालिसे अध्यक्ष चयन
arthadabali.com · Sun Jun 14 08:05:20 GMT 2026

काठमाडौँ / एनआईसी एशिया लघुवित्त वित्तिय संस्था लिमिटेडको आठौँ वार्षिक साधारणसभा जेठ ३० गते धरानस्थित गोर्खा होटलमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरण पारित गरेको छ।
साधारणसभाबाट संस्थापक समूहतर्फ लक्ष्मण चालिसे, विभाेर कुमार अग्रवाल, दीपेन्द्र शर्मा र पुस्कर राज जाेशी तथा सर्वसाधारण समूहतर्फ बलराम पाैडेल र मिलन सिग्देल निर्विरोध सञ्चालक पदमा निर्वाचित भएका छन्।
साधारणसभापछि बसेको सञ्चालक समितिको पहिलो बैठकले नवनिर्वाचित सञ्चालक लक्ष्मण चालिसेलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको छ।
संस्थाले नवनिर्वाचित सञ्चालकहरूको अनुभव र नेतृत्वबाट संस्थाको लक्ष्य हासिल गर्दै लघुवित्त क्षेत्रको अग्रणी, सबल र सशक्त संस्थाका रूपमा थप स्थापित हुने विश्वास व्यक्त गरेको छ।
सम्बन्धित विषय:
# एनआईसी एशिया लघुवित्त
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)