मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ग्लोबल आइएमई बैंकको सञ्चालक सदस्यमा पूर्वसचिव भट्टराई नियुक्त

nepalsamaya.com · Sun Jun 14 08:02:00 GMT 2026

काठमाडौं- ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वसचिव बिन्द्रा हाडा भट्टराई नियुक्त भएकी छन्। शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले भट्टराईलाई रिक्त रहेको ‘स्वतन्त्र महिला सञ्चालक’ पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

नवनियुक्त सञ्चालक भट्टराईलाई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक समारोहका बीच सञ्चालक समितिमा स्वागत गरे। सार्वजनिक प्रशासन, सुशासन र विकास व्यवस्थापनको क्षेत्रमा साढे तीन दशकभन्दा लामो अनुभव रहेकी भट्टराई नेपाल सरकारको पूर्वसचिव र राष्ट्रिय सूचना आयोगको पूर्वआयुक्त समेत हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)