छाडा कुकुर व्यवस्थापन गर्न 'कुकुर सेल्टर'
nagariknews.nagariknetwork.com · Sun Jun 14 07:57:59 GMT 2026

यहाँको बागलुङ नगरपालिकाले बजारका छाडा कुकुर व्यवस्थापनका लागि कुकुर सेल्टर सञ्चालनमा ल्याएको छ। बजारमा छाडा छोडिएका सामुदायिक कुकुरका कारण मानवीय जीवन जोखिममा पर्न थालेपछि नगरपालिकाले व्यवस्थापन थालेको हो।
‘बागलुङ बजारमा तीन वर्षमा नौ सय जनालाई कुकुरले टोकेको रेकर्ड भेटियो,’ बागलुङ नगरप्रमुख वसन्तकुमार श्रेष्ठ भन्छन्, ‘हामीले घरपालुवा र सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने लगायत धेरै प्रयासहरु गर्यौं। पशु अधिकारको विषय भएकाले कुकर मार्न मिल्दैन। गाउँबाट कुकुर बजारमा आउने र त्यसले नागरिकलाई दुःख दिनेक्रम नरोकिएपछि हामी कुकुर सेल्टरको अवधारणामा अगाडि बढेका हौं।’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)