नेपालको पानी जनताको लगानी साकार हुँदै : ऊर्जामन्त्री भुसाल
ekagaj.com · Thu Sep 15 16:22:17 GMT 2022
काठमाडौँ- ऊर्जा जलश्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले 'नेपालको पानी जनताको लगानी' सार्थक बनाउन आफू प्रतिबद्ध र सक्रियतापूर्वक लागेको बताएकी छिन्।
बिहीबार काठमाडौँमा १०६१ मेगावाट क्षमताको अपर अरुण निर्माणका लागि लगानी प्रतिवद्धता कार्यक्रममा बोल्दै भुषालले जलविद्युत निर्माण, छनोट लगायतका प्रक्रिया लामो रहेको र अपर अरुणमा भएको यस प्रतिवद्धता अबको ८ वर्षमा पुरा हुने बताइन् । आफ्नो नेतृत्वमा यस आयोजनालाई अगाडि बढाउन पाएकोमा खुसी व्यक्त गर्दै बुढी गण्डकी आयोजना पनि कम्पनी दर्ताको काम सकिएको र अब छिटै अघि बढ्ने जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)