अष्ट्रेलियाविरुद्धकाे चौथो खेलमा दक्षिण अफ्रिका भारी अन्तरले विजयी
neplays.com
पाहुना टिम अष्ट्रेलियाविरुद्धको चौथो एकदिवसिय खेलमा दक्षिण अफ्रिकाले उत्कृष्ट एक सय ६४ रनको जित हात पारेको छ । यो सिजसँगै उसले सिरिज दुई दुईको बराबरीमा पुर्याएको छ ।
सेन्चुरियनमा भएको खेलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारीत ५० ओभरमा मात्र पाँच विकेट गुमाउँदै चार सय १६ रन बनाएको थियो । उसका लागि हेनरिच क्लासेनले करियरकै उत्कृष्ट फिगर बनाउने क्रममा एक सय ७४ रनको पारी खेले । जसमा उनले ८३ बलमा १३ चौका र १३ छक्का प्रहार गरेका थिए । यस्तै डेविड मिलरले पनि विस्फोटक ४५ बलमा ८२ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)