अमेरिका र चीनका रक्षामन्त्रीबीच १८ महिनापछि वार्ता
farakdhar.com · Tue Apr 16 17:16:04 UTC 2024

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले आफ्ना चिनियाँ समकक्षी डोङ जुनसँग मंगलबार टेलिकन्फरेन्सको सहयोगमा आपसी चासोका विषयमा छलफल गरेको पेन्टागनले जनाएको छ ।
संयुक्त राज्य अमेरिकाले चीनको बढ्दो प्रभावको सामना गर्न एसिया–प्रशान्त क्षेत्रमा आफ्ना सहयोगीहरूसँग सुरक्षा सहयोगलाई मजबुत बनाउन काम गरिरहेको छ । तर, तनावलाई नियन्त्रण बाहिर जानबाट रोक्न बेइजिङसँग सञ्चारको मार्ग पनि कायम राख्न चाहन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)