साउनपछि अनुचित व्यापारिक क्रियाकलाप गर्ने सात कम्पनी तथा फर्म काठमाण्डौ महानगरको कारबाहीमा
Ujyaaloonline.com · Wed Nov 08 00:47:25 GMT 2023
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले बितेको साढे तीन महिनामा अनुचित व्यापारिक क्रियाकलाप गर्ने व्यापारी तथा व्यवसायीहरुलाई नौ लाख ६० हजार रुपैयाँ जरिबाना तिराएको छ । खानेकुरामा स्वच्छताको पहलका लागि महानगरले शुरु गरेको अभियानमा चार महिनामा ७ वटा कम्पनी तथा फर्मलाई कारबाही गरेको महानगरको कृषि तथा पशुपन्क्षी विभागका प्रमुख एवम् खाद्य निरीक्षक डा अवधेश झाले जानकारी दिनुभयो ।
डा झाका अनुसार शिलबन्दी पानीमा कीरा र लेउ भेटिएपछि त्रिकोण वेभरेज इन्डष्ट्री (बालाजु) ले १ लाख रुपैयाँ जरिबाना तिरेको छ । यसैगरी पेय पदार्थमा ढुसी भेटिएपछि कालिञ्चोक ट्रेडिङ् नेपाल (पुतली सडक) ले १ लाख ५० हजार जरिबाना तिरेको छ । टिपटप समोसा पसलमा बिग्रिएको दूधवरी बिक्री गरेको अवस्थामा पाइएपछि २ लाख रुपैयाँ, बरुण वेभरेजलाई पेय पदार्थमा अखाद्य वस्तु भेट्टाएपछि २ लाख रुपैयाँ जरिबाना तिराइएको झाले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)