प्राधिकरणको ३६ औं वार्षिकोत्सव : विद्युत् खपत बढाउन महसुल दर फरकफरक बनाइने
abhiyandaily.com
काठमाडौं । गत आवमा नेपाल विद्युत् प्राधिकरणको नाफा ७० प्रतिशतले घटेको छ । गत आवको व्यवसायबाट प्राधिकरणले रू. ३ अर्ब ५१ करोड खुद नाफा कमाएको छ, जुन अघिल्लो आवको तुलनामा ≈वात्तै कम हो । अघिल्लो आवमा प्राधिकरणले रू. ११ अर्ब ६८ करोड खुद नाफा कमाएको थियो । विद्युत् चुहावट बढ्दा, विद्युत् महशुल नउठ्नुलगायत कारण प्राधिकरणको नाफा घटेको हो । मंगलवार काठमाडौं प्राधिकरणको ३६औं वार्षिकोत्सवको समारोहमा प्रस्तुत गरिएको वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । गत आवमा कर अघिको नाफा भने रू. ६ अर्ब छ ।
यता प्राधिकरणको आम्दानीसमेत घटेको छ । समीक्षा वर्षमा प्राधिकरणले विद्युत् विक्रीबाट रू.७१ अर्ब २८ करोड आम्दानी गरेको छ, जुन अघिल्लो आवको तुलनामा ६ दशमलव ५९ प्रतिशतले कम हो । अघिल्लो आवमा प्राधिकरणले रू. ७६ अर्ब ३२ करोड रूपैयाँ आम्दानी गरेको थियो । प्राधिकरणको अन्य आम्दानीसहितको खुद आम्दानी भने रू. ८० अर्ब ३५ करोड छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)