मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘हजार र ५ सयका नोटबन्दीमा कांग्रेसको पहल जरुरी’

rajdhanidaily.com · Fri Feb 16 23:23:43 GMT 2024

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद अर्जुननरसिंह केसीले केन्द्रीय कार्यसम्पादनको बैठकमा महामन्त्रीले पेस गरेको कार्यपत्रको भाषा शुद्ध, सुन्दर र परिस्थितिको मूल्यांकन गरेर गरेको भए पनि आशा जगाउन पर्याप्त नभएको बताए । कांग्रेसले अहिले देखिएको आमूल समस्याको सम्बोधन गर्नुपर्नेमा नेता केसीले जोड दिए ।

‘आमजनतालाई नेता र मन्त्रीसँग धेरै पैसा छ भन्ने परिरहेको छ । साथै लोक रिझाइ पनि त्यसरी नै गरेका छन्, त्यसकारण कांगे्रसले १ हजार र ५ सय दरका नोटलाई नोटबन्दी गर्ने पहल थाल्नुपर्छ,’ नेता केसीले भने । त्यस्तै, नेता केसीले निर्वाचन प्रणालीमा आमूल परिवर्तन गर्नुपर्ने र समानुपातिक प्रणाली हटाउनुपर्नेमा जोड दिए । यदि, समानुपातिक निर्वाचन प्रणाली राख्नैपर्ने भए, त्यो राष्ट्रिय सभामा राखिनुपर्ने बताए । राष्ट्रिय सभामा संघीय सांसद् संख्या घटाउनुपर्ने नेता केसीको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)