सिसिटिभी फुटेज प्रकरण : प्रतिवेदनमा लेख्ने निष्कर्षबारे समितिमा मत बाझियो
nayapatrikadaily.com · Thu Jul 28 00:12:00 GMT 2022
बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिको प्रवेश भए–नभएको छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन लेखनमा सदस्यहरूबीच मत बाझिएको छ । जसका कारण बुधबार लगातार ६ घन्टा समितिमा छलफल भए पनि प्रतिवेदनमा लेख्ने छानबिनको निष्कर्षबारे सहमति जुट्न सकेन ।
समितिमा रहेका सत्तारूढ दलका सांसदहरू अनधिकृत व्यक्तिको प्रवेशको कुनै तथ्य नभेटिएकाले त्यही निष्कर्षसहित प्रतिवेदन लेख्नुपर्ने पक्षमा छन् । तर, प्रमुख प्रतिपक्षी एमालेका सांसद सम्बन्धित निकायको असहयोग र प्राविधिक अस्पष्टताका कारण छानबिन अधुरो भएकाले सफाइ दिन नहुने पक्षमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)