प्रदेश प्रमुख खापुङलाई ‘मिस’ गरिरहेको तेर्हथुमको गौखुरी स्कुल!
nepalpress.com · Thu Jul 28 00:28:49 GMT 2022
मोराहाङ (तेर्हथुम) । तेर्हथुमको मेन्छ्यायेम गाउँपालिका- ५ मोराहाङको पुछारमा छ गौखुरी धाम । खोरुङ्गा खोला किनारको यो प्रसिद्ध धार्मिक धाम माघेनी मेलाको दिन खुब चर्चामा हुन्छ । माघ १ को माघी नुहाउने र मेला भर्न गौखुरी धार्मिक धाम तेर्हथुमभरि नामी छ । यही गौखुरीकै धार्मिक धामको नाममा खोलिएको शैक्षिक धाम हो श्री गौखुरी माध्यमिक विद्यालय । गौखुरीको धार्मिक धाम जस्तै माघ १ को दिनमात्रै नभएर ३६५ दिनै चर्चामा हुने शैक्षिक धाम हो गौखुरी माध्यमिक विद्यालय ।
मेन्छ्यायेम गाँउपालिका- ५ मोराहाङ बजारमै रहेको यो शिक्षालय नेपालको प्रजातन्त्रभन्दा तीन वर्षमात्रै कान्छो हो । भोजपुरको षडानन्दको शिक्षा क्रान्तिको लय संखुवासभाको मादीले समात्यो । मादीसँग आउजाउ राम्रो हुने मोराहाङले मादीको शिक्षा क्रान्तिको लय समात्यो । अनि उभियो गौखुरी स्कुल । कक्षा १ देखि १२ सम्म पठनपाठन गराउने गौखुरी स्कुल तराई र अन्य क्षेत्रका धेरै सुविधासम्पन्न र नामी स्कुलभन्दा जेठो स्कुल हुनुको खास कारण यही हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)