मन्त्रालय घटेपछि कार्यविभाजन हेरफेर, जेठ ११ मा प्रदेश सभा अधिवेशन बोलाइने
gorkhapatraonline.com · Thu May 21 12:48:11 GMT 2026

बागमती प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन आह्वानदेखि मन्त्रालयहरुको नयाँ कार्यविभाजन र अस्पताल व्यवस्थापनसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरु गरेको छ ।
बैठकले प्रदेश सभाको अधिवेशन आगामी जेठ ११ गते आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ्ले जानकारी दिनुभयो । सरकारको नीति, बजेट तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने तयारीस्वरुप अधिवेशन बोलाउने निर्णय गरिएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)