काठमाडौंको तारकेश्वरमा हिँडिरहेका युवकलाई चक्कु प्रहार गरी फरार रहेका व्यक्ति पक्राउ
annapurnapost.com · Thu May 21 12:41:49 GMT 2026

काठमाडौं : काठमाडौंको तारकेश्वरमा हिँडिरहेका युवकलाई चक्कु प्रहार गरी फरार रहेका व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका-८ घर भई हाल तारकेश्वर नगरपालिका-८ शेषमति बस्ने १८ वर्षीय उज्वल मगर रहेका छन्।
गत वैशाख ४ गते राति साढे ७ बजे तारकेश्वर नगरपालिका-८ शेषमति सिद्धार्थ मोडेल स्कूल नजिक सडक खण्डमा हिँडिरहेको अवस्थामा खोटाङ घर भई हाल तारकेश्वर नगरपालिका-४ पुरानो गुहेश्वरी नजिक बस्ने १९ वर्षीय नवराज गिरीलाई ४/५ जनाको समूहले चक्कु प्रहार गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)