भरुवा बन्दुकसहित भोजपुरका युवा पक्राउ
annapurnapost.com · Thu Jan 11 00:54:26 GMT 2024
उदयपुर : उदयपुरको चौदण्डिगढी नगरपालिका १ कटरवोटेबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । मोटरसाइकलमा लुकाएर ल्याएको अवस्थामा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले भोजपुरको आपचौक गाउँपालिका १० का २० वर्षीय समिर राईलाई पक्राउ गरेको हो।
प्रहरीले भरुवा बन्दुक बनाउन प्रयोग हुने २ फिट ९ इन्च लामो दवास एक थान, ३ फिट १ इन्च लामो फलामको नाल एक थान, वेरिङ १७ थान, भरुवा वन्दुकमा प्रयोग गर्ने वारुदसहितको सेतो बट्टा एक थान वरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)