मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मेयर बालेन र प्रधानमन्त्री ओलीको इगोको लडाइँ, अनफलो अभियान कसले चलाइरहेको छ ?

barnanmedia.com · Wed Sep 04 21:26:19 UTC 2024

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र प्रधानमन्त्री केपी शर्मा ओलीबीच इगोको लडाइँ चलेको छ। प्रधानमन्त्री ओलीका हरेक कदमप्रति आलोचना गर्दै आएका बालेन पछिल्लो पटक लुम्बिनीकी प्रदेश सांसद रेखाकुमारी शर्माको विषयले आक्रोशित भएका हुन्।

शर्मालाई बालश्रमिक दुर्व्यवहारको अभियोगमा प्रहरीले अनुसन्धान दायरामा नल्याएपछि आक्रोशित हुँदै आएका थिए। उनी प्रधानमन्त्री ओलीको दल एमालेकी नेतृ हुन्। यो विषयमा बालेनले प्रधानमन्त्री ओली लक्षित गरी टिप्पणी गरेका थिए। तर, एमाले समर्थित फेसबुक प्रयोगकर्ताले रिपोर्ट गरेपछि फेसबुकले पोस्ट हटाइदिएको थियो। बालेनको सचिवालयका अनुसार उक्त फेसबुक पोस्टमा अत्यधिक रिपोर्ट आएपछि पोस्ट नै हटेको छ । ‘धेरैले (सांसद शर्माको) फोटो प्रयोग गरेको भनेर रिपोर्ट गरेपछि फेसबुकले पोस्ट हटाएको जस्तो देखिन्छ। अहिले हामी पोस्ट रिकभर गर्ने प्रयासरत छौं, यसअघि पनि फेसबुकले बालेनका केही पोस्ट हटाइदिएको थियो,’ बालेनको सचिवालय भन्यो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)