स्कटल्याण्डविरुद्धको टि–२० सिरिजको पहिलो खेलमा अस्ट्रेलिया ७ विकेटले विजयी
barnanmedia.com · Wed Sep 04 21:32:22 UTC 2024
स्कटल्याण्डविरुद्धको टि–२० सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले सानदार जित निकालेको छ । बुधबार भएको खेलमा अस्ट्रेलियाले स्कटल्याण्डलाई सात विकेटले पराजित गरेको हो ।
सुरुमा ब्याटिङ गरेको घरेलु टोली स्कटल्याण्डले २० ओभरमा ९ विकेट गुमाउँदै १५४ रन बनाएको थियो । १५५ रनको लक्ष्य पछ्याएको पाहुना टोली अस्ट्रेलियाले ६२ बल बाँकी रहँदै ३ विकेट गुमाएर पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)