युक्रेनसँगको द्वन्द्वका लागि रुस जिम्मेवार छैनः पुटिन
onlinekhabar.com · Wed Dec 21 16:54:58 GMT 2022
६ पुस, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धका लागि रुसलाई जिम्मेवार ठहराउनु उचित नभएको बताएका छन् । उनले यो द्वन्द्व दुवै देश ‘त्रासदीको हिस्सा’ भएको टिप्पणी गरेका हुन् ।
एक वरिष्ठ सैन्य अधिकारीसँगको टेलिभिजन संवादमा उनले युक्रेनलाई आफूले भाइजस्तै सम्झने बताए । उनले यो द्वन्द्वको कारक रुस नभएर तेस्रो मुलुकको नीति रहेको जिकिर गरे । सोभियत विघटनपछि विभाजित राष्ट्रहरूलाई पश्चिमा देशहरूले ‘ब्रेनवास’ गरेको र यसको सुरुवात युक्रेनबाट भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)