मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा

ratopati.com · Sun Jun 14 08:25:05 GMT 2026

काठमाडौँ । राप्रपाबाट अलग्गिएर नयाँ पार्टी गठनको गृहकार्यमा लागेका पूर्वसांसद नेता डा.धवलशमशेर राणाले राप्रपाको देखाउने र चपाउने दाँत फरक फरक रहेको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै राणाले आगामी दिनमा मजबुत राष्ट्रवादी शक्ति निर्माण गर्न लागिरहेको बताए ।

उनले नयाँ पार्टी २÷३ महिनामै मजबुत पार्टीका रूपमा अघि बढ्ने भन्दै राजासहितको प्रजातन्त्र बोक्ने पार्टी अहिलेको राजनीतिमा विकल्प दिने पार्टी बन्ने बताए ।

‘मजबुत राष्ट्रवादी शक्तिको खाँचोलाई परिपूर्ति गर्न राप्रपाले सकेन’, राणाले भने– ‘यो कुरा गएका निर्वाचनले प्रस्ट पारिसकेको छ ।’

राप्रपाले बोकेको मूल्य र मान्यता सनातनी हिन्दु अधिराज्यको एजेन्डा जनताले नभई राप्रपाले तिरस्कृत गरेको बताए ।

‘हाम्रो एजेन्डा जनताले होइन, राप्रपाले तिरस्कृत गरेको हो’, उनले भने, ‘गणतन्त्रलाई प्रयोग गरेर हामीले बोकेको मान्यता स्थापित गर्ने भनिएको हो तर सभामुख खाएर एजेन्डाप्रति गद्दारी गरियो ।’

गणतन्त्रलाई नियमन र सबलीकरण गर्ने सभामुख जस्तो पद नै राप्रपाले खाइदिएपछि राप्रपाको खाने र देखाउने दाँत फरक फरक हो भनेर पुष्टि भएको उनले बताए ।

गएको चुनावमा राप्रपाका उम्मेदवारको ९७ प्रतिशत जमानत जफत गराइदिएबाटै राप्रपाप्रति जनताको दृष्टिकोण परिवर्तन भएकाले आफूहरूले अलग पार्टी गठन गर्नुपर्ने अवस्था आएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)