करेन्ट लागेर प्रजाको मृत्यु
gorkhapatraonline.com · Sun Jun 14 08:25:36 GMT 2026

मकवानपुरको मनहरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शनिवार साँझ मनहरी गाउँपालिका –६ कोलाघारी बस्ने ३९ वर्षीय मङ्गलबहादुर प्रजा करेन्ट लागेर गम्भीर घाइते हुनुभएको थियो ।
मनहरी –६ प्रतापपुरस्थित सुरेश मोक्तानको निर्माणाधीन घरमा ढोका जडान गर्ने क्रममा ढोकामा ड्रिल गरिरहेको अवस्थामा उहाँलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते हुनुभएका प्रजालाई उहाँकी श्रीमती रस्तिमाया प्रजाले उपचारका लागि मनहरी अस्पताल लग्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)