सीटीइभीटीको उपाध्यक्ष पदका लागि आवेदन आव्हान
barnanmedia.com · Wed Sep 04 22:21:12 UTC 2024

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) को उपाध्यक्ष पदका लागि आवेदन आव्हान भएको छ ।
सीटीइभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारीको गत साउनमा कार्यकाल सकिएपछि उपाध्यक्ष मनोनयन सिफारिस समितिले खुला प्रतिस्पर्धाबाट छनौट गर्नका लागि आवेदन आव्हान गरेको हो ।राजनीतिक दलको सदस्य नभएको र सीटीईभीटीबाट सम्बन्धन प्राप्त संस्थाको सञ्चालक समितिमा नरहेको व्यक्तिले आवेदन दिन पाउने जनाइएको छ । योग्यता पुगेका उम्मेदवारले आवेदनसँगै भदौ २६ गते भित्र सीटीइभीटीको बारेमा ५ हजार शब्दमा कार्य योजनासहितको सोचपत्र पेस गर्नुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)