‘कान्तिपुर हिसान एडुफेयर’ आजदेखि
ekantipur.com · Fri Jun 24 01:16:29 GMT 2022
काठमाडौँ — शैक्षिक क्षेत्रका विविध विषयक केन्द्रित ‘कान्तिपुर हिसान एडुफेयर’ शुक्रबारदेखि काठमाडौंस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा सुरु हुँदै छ । एसर्ईईपछि कक्षा ११ र १२ मा भर्ना हुने विद्यार्थीलाई लक्षित गरी मेला आयोजना गरिएको हिसानले जनाएको छ । आयोजकका अनुसार विद्यार्थी, अभिभावक तथा सरोकारवालालाई शिक्षण संस्था, विषय, पठनपाठन पद्धति छनोट, भर्ना मापदण्डलगायतका विषयमा जानकारी दिइनेछ ।
यो बृहत् शैक्षिक मेलामा ७५ भन्दा बढी शिक्षण संस्थाका स्टल रहनेछन् । विद्यार्थी अभिभावकले ती स्टलबाट शिक्षण संस्थाबारे जानकारी लिन सक्ने संयोजक युवराज शर्माले जानकारी दिए । ‘नेपालमै सञ्चालित शिक्षालयहरूले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाका बारेमा सत्यतथ्य र यथार्थ जानकारी गराउन मेला आयोजना गरिएको हो,’ शर्माले भने, ‘विद्यार्थी र अभिभावकले निःशुल्क रूपमा मेलामा प्रवेश गरी शिक्षण संस्था, विषय, पठनपाठन विधिलगायत विविध विषयमा जानकारी लिन सक्नेछन् ।’ मेलाले विद्यार्थीलाई कहाँ पढ्ने, के पढ्नेलगायत विषयमा निर्णय गर्न मद्दत गर्ने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)